Mr. Bikram Rai

Mr. Bikram RaiMr. Bikram RaiMr. Bikram Rai

Mr. Bikram Rai

Mr. Bikram RaiMr. Bikram RaiMr. Bikram Rai
  • Home
  • My Profile
  • About Us
  • Award
  • SamajKa Lalgedi
  • News and Information
  • More
    • Home
    • My Profile
    • About Us
    • Award
    • SamajKa Lalgedi
    • News and Information

  • Home
  • My Profile
  • About Us
  • Award
  • SamajKa Lalgedi
  • News and Information

समाजका लालगेड़ी बिक्रम राई अभिनन्दन ग्रन्थ

गिताञ्जली साहित्य संस्थान शेल्पु सिटोङ

सम्पादक :

  

मैतराज राणा

सह-सम्पादक :

  

अरूण खवास

सह-सम्पादकः

  

मिलन लामा ‘रोगी’

आवरण चित्रः

 रतन भण्डारी,कालेबुङ 

प्रकाशकः

  

गिताञ्जली साहित्य संस्थान,शेल्पु

अक्षर संयोजनः

 ज्ञानकुञ्ज बुक्स,खरसाङ(9733729229) 

समाजका लालगेड़ी ग्रन्थ

2024 समाजका लालगेड़ी ग्रन्थ प्रकाशन सन्दर्भमा

  

सबै जीव प्राणीहरूमध्ये मानव जीवन सर्वोत्कृष्ट मानिन्छ|मानव जीवन धन्य अनि अमर गराउन आफु चेतनशील हुन आवश्यक छ।जो मानव निष्क्रियातामा अल्छी आयु निलेर जीवन निर्वाह गर्दछ उसको बुढो आयुको कुनै मोल हुँदैन।एकै दिन भए पनि जीवनको छोटो अवधिमा जसले सत्कार्य गर्छ उ सबैको मन मस्तिष्कमा बाँचिरहन्छ। 

यस्तै ‘समाजका  लालगेड़ी  बिक्रम राई”ग्रन्थ प्रकाशन गर्नुको औचित्य भनेको नै जीवन बाँच्नुको यथार्थ वोध मान्न सकिन्छ।जीवन जिउने सबैको अधिकार छ,बिपन्न परिवार,बृद्ध-बृद्दा,रोगी जस्ता हाम्रा समाजका ब्यक्ति वर्गले पनि मिठो हाँसो हाँस्न सकुन,एक छाक राम्रै खाना खान पाउन् भन्ने भावनाले अघि आएका बिक्रम राईज्युको सामाजिक सेवामूलक कार्यपद्धति अनुरूप वहाँलाई लालगेड़ी जस्तो महत वस्तुको उपनाम दिई उक्त ग्रन्थले परिचय प्रदान गरेको छ।

यस ग्रन्थका प्रकाशन मण्डली गिताञ्जली साहित्य संस्थानको यो सराहनीय कार्यलाई सबै संघ संस्थाले अनुसरण गर्न पर्ने महसूस हुँदछ।आफ्ना रचनाहरू दिएर पुस्तकाकारको रूपमा प्रकाशन हुन सहायता प्रदान गर्ने ती साहित्यिक व्यक्तित्वहरूको योगदानको कदर सबैले गर्नपर्छ।नेपाली,अंग्रेजी,मराठी खण्ड लगायत,बिक्रम राई द्धारा स्वरचित विगत दिनहरूमा प्रकाशित भएका विविध लेख रचनाहरू यस पुस्तकमा पाउनु महत्वपूर्ण मान्न सकिन्छ।आफ्नो रचनाहरूमा रचनाकारहरूले यस ग्रन्थमा बिक्रम राईको सामाजिक योगदानको कदर गर्दै रचनाहरू प्रस्तुत गरेका छन्।

समग्रमा भन्न पर्दा बिक्रम राईज्यु मानव समाजका ती लुला लंगडा,बृद्ध-बृद्दा,रोगी, विपन्न परिवारका निम्ति  लालगेड़ी सरह हुनुहुन्छ जसको समाजको निम्ति सदैव  औषधि स्वरूप  नितान्त आवश्यक पर्दछ।

 ‍ 

                                                                                                                 -आर के छेत्री

                                                                                                 सिटोङ ट्राइबल  एम० एस० के०


Copyright © 2024 Bikram Rai - All Rights Reserved.

By Sittong Computer Institute

This website uses cookies.

We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.

Accept